बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षकविरुद्ध १ करोड ३० लाखको भ्रष्टाचार मुद्दा दायर

दियो पोस्ट  

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक (हाल अधिकृत सातौं) कौशलेन्द्र मिश्रविरुद्ध १ करोड ३० लाखको भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार मिश्रविरुद्ध विशेष अदालतमा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सेवा प्रवेश गरेको मिति २०५७ असारदेखि २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा गरेर उक्त रकम बराबर अकुत सम्पत्ति कमाएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारले गरेको अनुसन्धानअनुसार यो अवधिमा उनले २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ आर्जन गरेको देखिन्छ। जसमध्ये १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँको आम्दानीको स्रोत नखुलेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अकुत रकम बराबरको बिगोसँगै कैद र जरिवाना समेत माग गरिएको छ।

सिफारिस