ललिता निवास प्रकरणमाः पूर्व खरिदार गोपाल कार्की पक्राउ

दियो पोस्ट  

काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।
सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई मंगलबार नै पक्राउ गरिसकेको छ ।