अलिबाबा कम्पनीका संस्थापक ज्याक मा नेपाल आइपुगे

दियो पोस्ट  

विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आइपुगेका छन्। हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनीसहित ७ जना मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् । ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक र ज्याक मासहित ७ जना नेपाल आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा पुगेका छन्।

उनीहरूले प्रहरीसँग सुरक्षा माग गरेका छैनन्। उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

 

 

सिफारिस