काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार ७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चार आरोपित पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई प्रहरीले म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालत लगिएको छ । जसमध्ये अन्य तीन जना आरोपितलाई भने बाहिरै राखेर अनुसन्धान गर्ने भन्दै रिहा गरिएको छ ।