ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ

दियो पोस्ट  

काठमाडौं। ललितपुर जिल्ला अदालतमा कार्यरत एक महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्। ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन् । । मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गर्नुका साथै अभद्र व्यवहार गरेका थिए । अधिवक्ता लामिछानेले मुक्का प्रहार गर्दा तामाङको मुख र पाखुरामा घाउचोट लागेको तथा सर्ट च्यातिएको हुँदा मेडिकल जाँच समेत गराई लामिछानेलाई पक्राउ गरी कारबाही अगाडि बढाउन माग गरिएको छ ।

ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले लामिछानेलाई पक्राउ गरेको बताए।

शाहका अनुसार लामिछानेले फाइल तानातान हुँदा तामाङलाई आफै चोट लागेको प्रारम्भिक बयान दिएका छन्।

लामिछाने माथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।