ठगी मुद्दामा पूर्वसांसद हरिनारायण रौनियार पक्राउ

दियो पोस्ट  

काठमाडौं । ठगी मुद्दामा पूर्वसांसद हरिनारायण रौनियार पक्राउ परेका छन् । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएको थियो । उनलाई ठगी मुद्दामा पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले दियोपोष्टलाई जानकारी दिए ।

बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।

सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।

उनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक समेत हुन् ।