काठमाडौं । नेकपा एमालेले पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरणको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा गरेको हो ।
यसअघि पार्टीले पाण्डे र उषाकिरणलाई ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो। पार्टी कार्यालय निर्माणका विषयमा पार्टीको नीति विपरीत सार्वजनिक टिप्पणी गरेपछि एमालेले उनीहरूको जिम्मेवारी खोसेको थियो।
त्यसअघि उनीहरूसँग स्पष्टीकारण माग गरिए पनि चित्तबुझ्दो जवाफ नआएको पार्टी उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिए ।