काठमाडौँ । अमेरिका र इजराइलले प्यालेस्टाइन, इरन र छिमेकी मुलुक बिरुद्ध अन्यायपूर्ण र आपराधिक हमला गरेको भन्दै नेपालमा त्यसको बिरोध गरिएको छ । बिश्वमा शान्ति कायम गरिनु पर्ने लगायत प्यालेस्टाइनी जनताको बाँच्न पाउने अधिकारको माग गर्दै आज महाराजगंजस्थित अमेरिकी राजदुताबास अगाडी शक्ति प्रदर्शन गरेका हुन् ।
नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टी र साम्राज्यवाद बिरोधी शक्तिहरुले अमेरिकी दुताबास अगाडी प्रर्दन गर्दै अमेरिकी र इजराइली आक्रमण तुरुन्तै रोक्नु पर्ने माग राखेका छन् ।
इजरायली सेना र प्यालेस्टाइनी लडाकूबीच द्वन्द्व चलिरहेको छ । इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ । इजराइलीहरु प्यालेस्टाइनहरूलाई हट्न चेतावनी दिइरहेका छन् ।










