विश्वकप विजेत फ्रान्सको युरोकप छनोटमा खराब प्रदर्शन, टर्कीसंग २–० ले पराजित !

दियो पोस्ट  

काठमाडौँ, जेठ २६ । सन् २०१८ को विश्वकप विजेता फ्रान्स युरोकप छनोट खेलमा टर्कीसंग पराजित भएको छ । गएराति भएको तेस्रो खेलमा टर्कीले फ्रान्समाथि २–० को गोलअन्तरका साथ विजय हाँसिल गरेको हो ।

खेलभरि नै फ्रान्समाथि टर्कीले दबाव राखेको थियो । खेलको ३० औँ मिनेटमा टर्कीका डिफेन्डर कानले सुन्दर हेडिङ गोल गरे । त्यस्तै ४२ औँ मिनेटमा मिडफिल्डर चेंगीजले थप एक गोल गर्दै पहिलो हाफ अघि २–० को अग्रता लिएको थियो ।

टर्कीको गोलमा फ्रान्सका गोलकिपर ह्युगो ल्हरिसको भाव

दोस्रो हाफमा टर्कीका कप्तान बुराकको दुईवटा प्रयास गोलमा परिणत हुन सकेन । खेलभरि टर्कीले फ्रान्समाथि दबाव सिर्जना गर्दै धेरै गोलको प्रयास गरेको थियो । निकै फितलो प्रदर्शन गरेको फ्रान्सले भने गोलको असर सिर्जना गरेपनि गोल गर्न सकेन । खेलको दोस्रो हाफमा स्ट्राइकर ग्रिजम्यानले पाएको सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

गोल गरेपछि टर्कीका फुटबलर

युरोकप छनोट अन्तर्गत शनिबार राति तीनवट खेल भएका थिए । पहिलो खेलमा जर्मनी र इटली विजयी भएका थिए । जर्मनीले बेलारुसलाई २–० गोलअन्तरले पराजित गरेको थियो भने इटलीले ३–० गोलअन्तरले ग्रीसमाथि विजय हाँसिल गरेको थियो ।

सिफारिस