काठमाडौँ, असार २ । रामेछापको मन्थली नगरपालिकाका मेयर र वडाध्यक्षबिच कुटाकुट भएको छ । मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेत र वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर कार्कीबिच कार्यपालिकाको वैठकमै हानाहान चलेको हो ।
कार्यपालिका वैठकमा छलफलको क्रममा विवाद उत्पन्न भएपछि वडाध्यक्ष कार्कीले मेयरमाथि प्रहार गरेका थिए । वडाध्यक्षको प्रहारले मेयरको टाउकोमा चोट लागेको छ । झगडा भएपछि प्रहरीको टोली परिचालन गरि साम्य पारिएको छ ।
घटनापछि नगरपालिकाले केही समयमा पत्रकार सम्मेलनको तयारी गरेको छ । पत्रकार सम्मेलनमा नै सबै कुराको कारण सार्वजनिक हुने मन्थली नगरपालिकाका प्रवक्ता दिपक प्रसाद सुवेदीले बताएका छन् ।