काठमाडौं, असार ३ । भोली बुधबारसम्म हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघ गर्जन सहित हावाहुरी र वर्षा हुने भएकोले घरबाट बाहिर निस्कदा विशेष सावधानी अपनाउन महाशाखा मौसमविदको आगूह छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि ठाउँमा मेघ गर्जन सहित पानी पार्ने र हावाहुरी पनि चल्नेछ । राति देशभर आंशिक देखि सामान्य बदली रही केहि ठाउँमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
यस्तै भोलि दिउँसो पनि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।