सदनमा कांग्रेस सांसदले बोल्न नदिएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । मंगलबार संसदलाई सम्वोधन गर्न संघिय संसद पुगेका प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले विरोध गरेका थिए ।

संसदलाई सम्वोधन गर्न रोस्टम पुगेका प्रधानमन्त्रीविरुद्ध कांग्रेस सांसदहरुले नारावाजी गर्न थालेपछि प्रधानमन्त्री ओली रास्टममै ट्वाल्ल परेर बसेका थिए । ‘सांसदहरुले शान्ति सुरक्षा कायम गर, संसदीय व्यवस्था कायम गर’ भन्दै नारावाजी गरेका थिए । कांग्रेसले अवरोध कायम गरेपछि सभामुख कृष्णबहादुर महराले समय दिनका लागि आग्रह गरेका थिए । काँग्रेसको अवरोध कायम भएपछि सभामुखले संसदको वैठक भोलीसम्मका लागि स्थगित गरेका छन् ।

कांग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन मार्फत आफ्नो विचार राख्ने भएका हुन् । प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।