कर्णाली नदिमा खसेको जिप अझै भेटिएन, तालिमप्राप्त गोताखोरको टोली पठाइँदै

दियो पोस्ट  

काठमाडौँ, असार ३ । कर्णाली नदिमा जिप खसेर १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । दिउँसो साढे १ बजे खसेको जिप अझैसम्म पनि पत्ता नलागेको जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी महेश पोखरेलले बताएका छन् ।

मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका–५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप स्थानीय याङचु भन्ने स्थानमा दुर्घटना भएर कर्णाली नदिमा खसेको हो । जीप खसेको सुचना पाउनेबित्तिकै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुगेको थियो ।

३ घण्टा वित्न लाग्दा पनि कुनै पनि सुराक नभेटिएपछि जिल्लाबाट तालिमप्राप्त गोताखोरको टोली पठाउने तयारी गरिएको छ । ‘अझै सम्म केहि परिणाम आउन नसकेको कारण तालिमप्राप्त गोताखोर परिचालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

सिफारिस