काठमाडौँ, असार ३ । आइसीसी एकदिवसीय विश्वकपको आइतबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानसामु रनको ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । इंग्ल्याण्डको ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीले निर्धारित ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको हो ।
अफगानिस्तानसामु फराकिलो लक्ष्य प्रस्तुत गर्नमा इंग्ल्याण्डका तीन खेलाडीहरुको मुख्य भुुमिका रहेको छ । कप्तान इओइन मोर्गनले व्यक्तिगत १ सय ४८ रन बनाएका छन् । उनले ७१ बलमा १७ छक्का र एक चौका प्रहार गरे । उनीे एकै पारिमा धेरै छक्का हान्ने ब्याट्सम्यान बनेका छन् । त्यस्तै दोस्रो नम्बरका जोनी बैस्टले ९० रन बनाए । उनले ९९ बलमा ८ चौका र ३ छक्का हिर्काए ।
टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले घरेलु मैदानको फाइदा उठाउँदै जोय रुटले ८८ रन बनाए । उनले ८२ बलमा ५ चौका १ छक्का प्रहार गरे । त्यस्तै जेम्स भिञ्चले २६ रन प्रहार गरे । त्यसैगरि मोइन अलिले ३१ रन बनाए ।
फिल्डिङको गरेको अफगानिस्तानले ६ विकेट मात्र लियो । अफगानिस्तानका लागि दवलत जड्रन र रहमत शाहले समान ३–३ विकेट बनाए ।