
काठमाडौँ, अशाढ ५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् ।
विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले विधेयक फिर्ता लिनु बहादुरी नभएको भन्दै गलत विधेयक ल्याएकोमा नैतिककताका आधारमा राजीनामा दिन तयार हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘मन्त्रीसँगमात्र छलफल गरेर हुन्छ । सरोकारवाला, विपक्षीसँग छलफल परामर्श गर्नु पर्दैन रु यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्यौं । फिर्ता गर्नु बहादुरी होइन । गल्ती विधेयक ल्याएकोमा, संविधान विरोधी विधेयक ल्याएको प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ ।’
गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । ‘संविधान साझा दस्तावेज हो । यसलाई कमजोर गर्ने अधिकार कसले दिएको छ प्रधानमन्त्रीलाई रु उनले अघि भने, ‘जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नु पर्यो कि पर्दैनथ्यो रु’
उपनेता गच्छदारले प्रधानमन्त्रीको नियत के हो भन्दै प्रश्न समेत गरे । उनले भने, ‘दुइतिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री हुँदाहुँदै राज्यका विभिन्न निकायलाई किन आफ्नो अधिनमा ल्याउनुपर्यो रु उहाँको नियत के हो रु खराब नियतले देशमा सर्वसत्तावाद र अधिनायकवाद लाद्न खोज्नुभएको छ ।’
साथै गच्छदारले सरकारले प्रतिपक्षीप्रति असहिष्णुता देखाएको आरोप पनि लगाए । ‘संसदभित्र प्रमुख प्रतिपक्षी दलको अग्राधिकार हुन्छ, सदनको नेता सभामुख हुन्छ । शेरबहादुर देउवाजीले बोल्न खोज्दा बोल्न दिएको भए हुन्थ्यो, यो मान्यता हो । हामीले अग्राधिकार खोजेको हो । प्रतिपपक्षले जस्तो प्रश्न उठाएपनि जवाफ दिनुपर्छ, सत्तापक्षले कत्रो असहिष्णुता देखाउनु भएकोरु,’ उनको भनाई थियो ।