काठमाडौँ,अशाढ ५ । काठमाडौँको गोकर्णमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
रत्नपार्कबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ । बस पल्टिँदा चेपिएर सहचालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।