अस्ट्रेलियन ब्याट्सम्यान वार्नरको कीर्तिमानी ब्याटिङ, वंगलादेशसामु ३ सय ८२ रनको लक्ष्य

अस्ट्रेलियन ब्याट्सम्यान वार्नरको कीर्तिमानी ब्याटिङ, वंगलादेशसामु ३ सय ८२ रनको लक्ष्य

काठमाडौँ, असार ५ । आइसीसी एकदिवसीय विश्वकपमा बिहीबारको खेलमा अस्ट्रेलियाले वंगलादेशसामु ३ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० रन खेल्दै ३ सय ८१ रन बनाएको हो ।

विहीबारको खेलमा अस्ट्रेलियन ब्याट्सम्यान डेविड वार्नरले जारी विश्वकपमा सर्वाधिक रन लिँदै कीर्तिमानी कायम गरेका छन् । उनले अहिलेसम्म ४ सय ४७ रन प्रहार गरि सर्वाधिक रन लिने खेलाडीको पहिलो नम्बरमा परेका छन् । त्यस्तै जारी विश्वकपमा सर्वाधिक व्यक्तिगत रन प्रहारकर्ता समेत वार्नर नै भएका छन् । आजको खेलमा व्यक्तिगत १ सय ६६ रन प्रहार गरेपछि उनि सर्वाधिक रन लिने व्याट्सम्यान बनेका हुन् ।

यसअघिका खेलहरुमा निकै लयमा देखिएका कप्तान एरोन फिञ्च आजको खेलमा भने केही कमजोर देखिए । यसअघिका खेलमा सतक प्रहार गर्ने फिञ्चले वंगलादेशविरुद्धको खेलमा भने अर्धशतक पार गर्दै ५३ रन मात्र बनाए । ओपनिङमा आएका फिञ्च र वार्नरले १ सय २१ रनको साझेदारी खेले । अस्ट्रेलियका लागि तेस्रो नम्बरका ब्याट्सम्यान उस्मान ख्वाजा र फिञ्चले निकै उत्कृष्ट साझेदारी खेले । १ सय ९२ रनको साझेदारी खेल्दै ख्वाजा व्यक्तिगत ८९ रनमा पवेलियन फर्के ।

खेलको ४० औँ ओभरसम्म टिकेर खेलको अस्ट्रेलियाले त्यसपछि भने लगातार विकेट गुमाएको थियो । ख्वाजापछि अस्ट्रेलियाले वार्नरलाई नै गुमायो । व्यक्तिगत १ सय ६६ रन बनाउँदै वार्नर पवेलियन फर्के । वार्नरको विकेटपछि आएका ग्लान म्याक्सवेलले १० बल मात्र खेले तर ३२ रन प्रहार गरे । निकै नै लयमा देखिएका म्याक्सवेल मिसअण्डरस्ट्याण्डका कारण पवेलियन फर्के । त्यसपछि अस्ट्रेलियाले लगातार २ विकेट गुमायो । अन्त्यमा आएका १७ बलमा २२ रन बनाए ।

टस हारेर फिल्डिङको अवसर पाएको वंगलादेशले शुरुवातमा निकै फितलो बलिङ गरेका थिए । एरोन फिञ्च र डेविट वार्नर एउटै अवस्थामा आउट भएका थिए । दुवै ब्याट्सम्यान सौम्य सरकारको बलिङ रुवेल हुसेनका क्याचमा पवेलियन फर्केका थिए । खेलको अन्य ३ विकेट पनि सौम्यले नै लिए ।

Trending News