उच्च लयमा रहेको अस्ट्रेलियाको पाँचौ जित, ४८ रनले बंगलादेश पराजित !

दियो पोस्ट  

काठमाडौँ, असार ५ । एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले थप एक जीत हाँसिल गरेको छ । इंग्ल्याण्डको ट्रेन्ट ब्रिज क्रिकेट मैदानमा विहीबार भएको खेलमा वंगलादेशमाथि ४८ रनको जित निकाल्दै जारी विश्वकपमा पाँचौ जित दर्ता गराएको हो ।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पुरा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ३ सय ८२ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको थियो । उच्च लयमा भएको अस्ट्रेलियाका लागि डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । वार्नरले जारी विश्वकपमा सर्वाधिक रन लिँदै कीर्तिमानी कायम गरेका छन् । उनले अहिलेसम्म ४ सय ४७ रन प्रहार गरि सर्वाधिक रन लिने खेलाडीको पहिलो नम्बरमा परेका छन् । त्यस्तै जारी विश्वकपमा सर्वाधिक व्यक्तिगत रन प्रहारकर्ता समेत वार्नर नै भएका छन् । आजको खेलमा व्यक्तिगत १ सय ६६ रन प्रहार गरेपछि उनि सर्वाधिक रन लिने व्याट्सम्यान बनेका हुन् ।

यसअघिका खेलहरुमा निकै लयमा देखिएका कप्तान एरोन फिञ्च आजको खेलमा भने केही कमजोर देखिए । यसअघिका खेलमा सतक प्रहार गर्ने फिञ्चले वंगलादेशविरुद्धको खेलमा भने अर्धशतक पार गर्दै ५३ रन मात्र बनाए । ओपनिङमा आएका फिञ्च र वार्नरले १ सय २१ रनको साझेदारी खेले । अस्ट्रेलियका लागि तेस्रो नम्बरका ब्याट्सम्यान उस्मान ख्वाजा र फिञ्चले निकै उत्कृष्ट साझेदारी खेले । १ सय ९२ रनको साझेदारी खेल्दै ख्वाजा व्यक्तिगत ८९ रनमा पवेलियन फर्के ।

खेलको ४० औँ ओभरसम्म टिकेर खेलको अस्ट्रेलियाले त्यसपछि भने लगातार विकेट गुमाएको थियो । ख्वाजापछि अस्ट्रेलियाले वार्नरलाई नै गुमायो । व्यक्तिगत १ सय ६६ रन बनाउँदै वार्नर पवेलियन फर्के । वार्नरको विकेटपछि आएका ग्लान म्याक्सवेलले १० बल मात्र खेले तर ३२ रन प्रहार गरे । निकै नै लयमा देखिएका म्याक्सवेल मिसअण्डरस्ट्याण्डका कारण पवेलियन फर्के । त्यसपछि अस्ट्रेलियाले लगातार २ विकेट गुमायो । अन्त्यमा आएका १७ बलमा २२ रन बनाए ।

फिल्डिङको अवसर पाएको वंगलादेशले शुरुवातमा निकै फितलो बलिङ गरेका थिए । एरोन फिञ्च र डेविट वार्नर एउटै अवस्थामा आउट भएका थिए । दुवै ब्याट्सम्यान सौम्य सरकारको बलिङ रुवेल हुसेनका क्याचमा पवेलियन फर्केका थिए । खेलको अन्य ३ विकेट पनि सौम्यले नै लिए ।

३ सय ८२ रनको फराकिलो लक्ष्य पछ्याउँदै गरेको वंगलादेशले निर्धारित ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ३३ रनमात्र बनाउन सफल भयो । वंगलादेशका लागि मस्फिकर रहिमले सर्वाधिक १ सय २ रन बनाए । उनले ९७ बलमा ९ चौका र १ छक्का प्रहार गरे । शुरुमा ब्याटिङको लागि मैदान प्रवेश गरेका सौम्य सरकार १० पवेलियन फर्कन वाध्य भए । उनलाइ अस्ट्रेलियन कप्तान एरोन फिञ्चले रन आउट गरेका थिए । सरकारसंग साझेदारी गरेका अर्का ओपनर तामिम इकबाल ६२ रन बनाउँदै पवेलियन फर्के । उनलाई मिचेल स्टार्कले बोल्ड गरेका हुन् । इकबालले ७४ बलमा ६ चौका प्रहार गरे ।

वंगलादेशका लागि शाकिब अल हसनले ४१ रन बनाए । उनलाई मार्कस स्टोन्सको बलिङमा डेविड वार्नरले क्याच आउट गर्दै पवेलियन फर्काएका हुन् । त्यस्तै लिचन दासलाई २० रनमा समेट्दै अस्ट्रेलियाका एडम जम्पाले एलबिडब्लु आउट गरेका हुन् । छैठौँ बलरका रुपमा आएका महमुदल्लाहले ५० बलमा ५ चौका र ३ छक्का हिर्काउँदै ६९ रन बनाए । उनलाई नाथन कट्लर नाइलको बलिङमा पाट कमिन्सले क्याच आउट गरेका हुन् ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क, नाइल र स्टोइन्सले २÷२ विकेट लिए । त्यस्ते एडम जम्पाले १ विकेट लिए । जारी विश्वकपमा अस्ट्रेलियाले पाँचौ जित हाँसिल गरेको हो ।

TATA ADD