घरेलु मैदानमै हार्यो इंग्ल्याण्डः मालिंगाको उत्कृष्ठ बलिङ, २० रनले श्रीलंका विजयी

दियो पोस्ट  

काठमाडौँ, असार ६ । इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली नै पराजित भएको छ । शुक्रबार श्रीलंकाबिरुद्धको खेलमा घरेलु टोली इंग्ल्याण्ड २० रनले स्तब्ध भएको हो ।

श्रीलंकाले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै गर्दा घरेलु टोलीको शुरुवात निकै कमजोर देखिएको थियो । ओपनर जेम्स भिन्सले १४ रनमात्र बनाए भने र जोनी बैस्ट शून्य रनमै पवेलियन फर्के । दुई ओपनर श्रीलंकाका तीब्र गतिका बलर लासेथ मालिंगाको बलिङमा आउट भएका हुन् ।

इंग्ल्याण्डका लागि तेस्रो बरियताका ब्याट्सम्यान जोय रुटले ५७ रन बनाए । निकै उत्कृष्ठ पारि खेलिरहेका जोयलाई पुनः मालिंगाकै बलिङले पवेलियन फर्काएको हो । ८९ बल खेलेका रुटले ३ चौका मात्र प्रहार गरे ।

कप्तान मोर्गन चौथो बरियताका ब्याट्सम्यान हुन् । तर, आजको खेलमा उनले केबल २१ रनमात्र बनाए । पाँचौ नम्बरमा आएका बेन स्टोक्सले इंग्ल्याण्डको पुरा पारि सम्हाले । उनल ८९ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित ८२ रन बनाए ।

दोस्रो इनिङमा बलिङ गरेको अस्ट्रेलियाले ४७ ओभरमा सबै ब्याट्सम्यानलाई पवेलियन फर्काउन सफल भयो । अस्ट्रेलियाका तीब्र गतिका बलर लासेथ मालिंगाले सर्वाधिक चार विकेट लिए । उनले इंग्ल्याण्डका पहिलो, दोस्रो र तेस्रो बरियताका ब्याट्सम्यानहरुलाई आउट गरेका थिए । उनले जोश बटलर र जोनी बैर्सोलाई एलबिडब्लु आउट गरे । १० ओभर बलिङ गरेका मालिंगाले ४३ रन खर्चेर ४ विकेट लिएका हुन् ।

त्यस्तै धनन्जय डि सिल्भाले ३ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इश्रु उडानाले २ विकेट लिँदा नुअन प्रदीपले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले एन्जेलो म्याथ्युजको अर्धशतक मद्दतमा पूरै ५४ ओभर खेल्दै ९ विकेट गुमाएर २३२ रन बनाएको हो ।

म्याथ्युजले ११५ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ८५ रन बनाए ।आभिस्का फर्नान्डोले ४९ र कुशल मेन्डिसले ४६ रन जोडे। बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले ३–३ विकेट लिए यस्तै आदिल रासिदले २ विकेट लिए।

शुक्रबारको खेलमा मालिंगा म्यान अफ द म्याच घोषित भए । त्यस्तै इंग्ल्याण्डका जोफ्रा आर्चरले जारी विश्वकपमा सर्वाधिक विकेट लिएका छन् । उनले अहिलेसम्म १५ विकेट लिएका छन् । अस्ट्रेलियाका कप्तान एरोन फिञ्च १५ विकेट लिँदै दोस्रो स्थानमा छन् ।