काठमाडौं, असार ९ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी पद सदस्य सचिव केशब कुमार विष्टको चार वर्षे कार्यकाल सोमबार सकिदैं छ । २०७२ असार ९ गते सदस्य सचिवमा नियुक्त भएका विष्टले चार वर्षे कार्यकाल सफल भएको बताएका छन् । २०७२ वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएका खेलकुद संरचनाहरु चार वर्षे कार्यकालमा निर्माणको चरणमा रहेका छन् । सदस्य सचिवको पदभार ग्रहण गर्न आउने लाग्दा उनलाई तत्कालिन एमाले भित्रै बाट चर्को विरोध भएको थियो ।
खेलकुद क्षेत्रको बारेमा केही नबुझेको भन्ने आरोप लागेर सदस्य सचिवको कुर्सीमा बसेका विष्टले चार वर्षे कार्यकालमा खेलकुदको स्वर्ण युग हुन्छ भनेर पटक पटक भाषण भने गरे उनी आएपछि नेपाली क्रिकेटको विवाद भने चरम उत्कर्षमा पुग्यो । जसका कारण आईसीसीबाट निलम्बनमा परेको पनि तीन वर्ष भइसकेको छ । यस बीचमा आईसीसीले क्यान निम्लबन गर्ने तयारी गरे पनि अझै प्रक्रिया पुरा भएको छैन् ।
चार वर्षे कार्यकाल पुरा हुनै लाग्दा सदस्य सचिव विष्टले क्यानलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् ।
सदस्य सचिव विष्टले आफ्नो ४ वर्षे कार्यकालमा दुई पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको इतिहास निर्माण गरे । यसैगरी विभन्न कामहरु सुरु गरेको बताउँदै क्रमस नतिजा आउने दावी गर्छन् ।
खेलकुदको पूर्वाधार निर्माणमा चार वर्षे कार्यकालको बढी समय खर्च भएको बताउँदै सदस्य सचिव विष्टले यसले नेपाली खेलकुदलाई भविष्यमा थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
आफ्नो नियुक्ति निकै संकटग्रस्त समयमा भए पनि सफलतापूर्वक काम गरेको विष्टको दावी छ ।
भूकम्पपछि खेलकूद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरत, सबैजसो खेलकूद संघमा विवाद, बजेटको अभाव जस्ता समस्या चिर्दै आफूले कार्यकाल सफल बनाएको उनको दावी छ । नेप्लेजबाट