काठमाडौँ, असार ९ । महानगरीय अपराध महाशाखाले आफु धनी बाउकी एक्ली छोरी हुँ भन्दै ठगी गर्ने २१ बर्षीया यूवतीलाई पक्राउ गरेको छ । सामाजिक संजालको प्रयोग गरि भारतका एक युवकलाई विभिन्न लोभ लालचा देखाएर २३ लाख रपैयाँ ठगि गरेको उजुरी परेपछि ती महिला पक्राउ परेकी हुन् ।
सामाजिक संजाल फेसबुकमा डायना सेकेण्ड नाम गरेकी २१ बर्षिया युवतीले भारत महाराष्ट्रका ३८ बर्षिया श्रीपाल जैनलाई ंं२३ लाख ठगेका हुन् । श्रीपाललाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाई आफु निकै उच्च परिवारबाट प्रतिनिधित्व गर्ने युवती रहेको बताएकी थिईन् । विस्तारै कुरा गर्दै जाँदा उनले उच्च परिवारको एक्लो सन्तान भएको हुँदा सबै सम्पत्ती आफ्नो रहेको बताएकी थिइन् ।
आफ्नो बाबु निकै ठुलो व्यवसायी भएको र भारतमा समेत आफ्नो व्यवसाय रहेको ती युवतीले बताएकी थिइन । साथै भारतमा भएको व्यवसाय श्रीपाललाई जिम्मा दिने आश्वासन समेत दिईन । श्रीपाल पनि डायनाको कुरालाई बिश्वास गरी नेपाल आए । नेपाल बाट भारत फर्कनको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुुगिसकेपछि डायनाले उनिसंग सहयोगको रुपमा पैसा मागेकी थिईन । आफ्नो पिताले निकै महंगो बस्तु पठाइदिएको हुनाले त्यसलाई छुटाउनका लागि भन्सार शुल्कको आवश्यकता परेको भन्दै तत्कालका लागि २३ लाख मागिन् । श्रीपालले २३ लाख दिएपछि उनी फरार भए ।
पैसा पाउने बित्तिकै फोन स्वीच .अफ गरेर गायभ भएकी डायनालाई आइतबार नेपाल प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटको उनकै कोठबाट पक्राउ गरिएको हो ।
ठगी गरिएको मध्य करिब २ लाख २० हजार भने खर्च गरिसकेको पाइएको छ । प्रहरीले उनिबाट २० लाख ८० हजार रुपैयाँ बरामद गरेको छ । त्यस्तै उनको राहदानी, आइएमइ गरेको भौचर ४ थान र विभिन्न कार्डहरु समेत बरामद गरेको छ ।
डायनलाई ठगी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।