पिएसजीबाट पुनः बार्सिलोना फर्कँदै नेइमार

दियो पोस्ट  

काठमाडौँ, असार १० । ब्राजिलियन स्टार नेइमार पुन बार्सिलोना फर्कने भएका छन् । बार्सिलोनाबाट फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मन ( पीएसजी) गएका नेइमार पुन पुर्वटिममै फर्कने सम्भावना बढेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

बार्सिलोना फुटबल क्लव बार्सिलोनाका प्रमुख जोसेप मारिया बार्टामेउ र नेइमारबिच सम्झौता सहमती समेत भइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अब पुन बार्सिलोना फर्कदा नेइमारको पारिश्रमिक भने घट्ने उल्लेख गरिएको छ ।

अहिले पीएसजीमा नेयमारले बार्षिक ३६.८ मिलियन युरो पाउने गरेका थिए । तर अब बार्सिलोना फर्किएको खण्डमा उनले २४ मिलियन युरो पाउने मेट्रोले उल्लेख गरेको छ ।