प्रकाश सपुत भन्छन, ‘म मानसिक रुपमा निकै विचलित भएको छु ’

दियो पोस्ट  

काठमाडौँ, असार १० । बहुचर्चित गित ‘गलबन्दी’ का गायक तथा सर्जक प्रकाश सपुतले आफ्नो गीत विवादमा आएपछि आफु मानसिक रुपले निकै विचलित भएको बताएका छन् । गीत लोकप्रिय हुने बित्तिकै विवादमा तानिनु र त्यही बिषयलाई लिएर सामाजिक संजालहरुमा समुदाय संग जोडेर अपमानजनक शब्दहरुको प्रयोग गर्दै गालीगलौज भएपछि निकै दुखित भएको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले व्यक्तिगत रुपमा शम्भु राईको पनि सम्वोधन हुने गरि छलफलमा जुटिरहेको बताए । दुई जनाकै समस्या समाधान गर्न लागि परिरहेको कारण अन्य कुनैपनि प्रतिक्रिया नदिएको उनले बताए ।

उनले समाजमा उठेका विषयहरुमाथि बहस हुन समेत जरुरी रहेको बताए । नेपालमा गीतसगितको औपचारीका रेकर्ड र व्यवसाय शुरु भएको धेरै बर्ष भइसक्दा पनि कपिराइट सम्वन्धी स्पष्ठ कानुन नभएकै भन्दै दुख पोखे । उनले कुनैपनि मानिसको सिर्जना उसको बौद्धिक सम्पत्ती मात्र नभएर राष्ट्रको पहिचान सँग पनि जोडिएको हुनाले यस विषयमा राज्य गम्भिर हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले नेपालमा जातिय विभेद सम्वन्धमा पनि अझै ठुलो बहस हुनु आवश्यक रहेको बताएका छन् । जातकै विषयलाई लिएर एक अर्कासंग झगडा गरिरहनु पर्ने नेपालको लागि विश्व समाजमा निकै लाजमर्दो कुरा रहेको बताए । उनले जातिय विभेद मानिसहरुको चेतनास्तर अन्धविश्वासको उपज रहको बताए । जातकै नाममा पधेँरामा तर्काएर, सामाजिक संजालमा होच्याएर विभिन्न अपमानजनक शब्द प्रयोग गर्ने प्रवृत्तीलाइ अन्त्य गर्नका लागि दलितहरु पनि आफ्नो ठाउँबाट उठेर आवाज उठाउन आह्वान समेत गरेका छन् ।

https://www.facebook.com/photo.php?fbid=2377915388914570&set=a.426753477364114&type=3&theater

सामाजिक संजाल केही छिन तात्तिन्छन र केहीबेरमै छेलाउँछ भन्ने सोचले बसेको तर यसले ठुलो रुप लिएपछि यसलाई समाधानको लागि तत्काल बाटो खोज्नुपर्ने बताए । सामाजिक संजालमा प्रयोग गरिएका भाषाशैलीले समाजमा जातिय द्वन्द बढाउने भएकोले तत्काल समाधान गर्न लाग्नुपर्ने प्रकाशको धारणा रहेको छ । साथै कलाकारलाई कुनै एउटा जाति,धर्म, वर्ण लिंग र समुदायसंग मात्रै नजोड्न समेत आह्वान गरे । कलाकार सिंगो देशको सम्पत्ती भएको कारणले कुनै एउटा जात र समुदायसंग जोडेर नकारात्मक शब्दहरु प्रयोग नर्गसमेत अपिल गरेका छन् ।