एसइइको परिक्षाफल असार १२ गते प्रकाशन हुने

दियो पोस्ट  

काठमाडौँ, असार ११ । राष्ट्रिय परिक्षा बोर्डले २०७५ सालमा लिएको एसइइ परिक्षाको परिक्षाफल भोली (बिहीबार) प्रकाशन गर्ने भएको छ । विभिन्न प्राविधिक कारणहरुले गर्दा बुधबार प्रकाशन गर्न नसकेपछि बोर्डले एक दिनको समय थप गर्दै नतिजा भोलीको लागि सारेको हो ।

परिक्षाफल प्रकाशनका लागि बोर्डको वैठक बसिरहेको र परिक्षाफल बिहीबार सार्वजनिक गर्ने पुर्ण तयारीमा लागेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । पहिलो पटक प्रदेश अन्तर्गत परिक्षाफल सार्वजनिक गरिन लागिएको हुँदा केही प्राविधिक प्रक्रियाहरु बाँकी नै रहेको कारण परिक्षाफल प्रकाशनमा थप एक दिन समय लागेको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताएका छन् ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।

जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले सबै तयारी पुरा गरेर नतिजा आउने उनको भनाइ छ ।