
काठमाडौँ, ११ असार — काठमाडौं प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार एवं कवि संगीत स्रोता र रसुवाली कविको नाममा कविता लेख्ने ठाकुरप्रसाद तिम्सेनालाई पक्राउ गरेको छ ।
राजधानीको आरआर क्याम्पसअगाडीबाट हिँडिरहेका संगीतलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा पुर्याएको थियो ।
यसअघि पक्राउपरेर छुटेका रसुवाली कविलाई पनि प्रहरीले हिरासतमा पुर्याएको छ । उनलाई विप्लव नेतृत्वको नेकपामा समलग्न भएको आरोप लागाइएको छ भने अर्का कवि संगीतलाई भने विना कारण पक्राउ गरेको पाइएको छ ।
तर कान्तिपुरसँगको कुराकानीमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रवक्ता हाविन्द्र वोगटीले संगीतलाई झुक्किएर पक्राउ गरेको जनाएको छ ।