गलबन्दी गायक प्रकाश सपुतले सहमति भएको केहीबेरमै ‘गलबन्दी’मा शम्भु राईको नाम राखे !

दियोपोस्ट संवाददाता

काठमाडौं, ११ असार । गायक शम्भु राई र प्रकाश सपुतबीचको सम्झौता अनुसार प्रकाश सपुतले युटुभ च्यानलमा शम्भु राईको नाम समाबेश गरेका छन् ।


सँझौता भएको केहीवेरमै गायक प्रकाश सपुतले आफ्नो गीत ‘गलबन्दी च्यातियो तिमले तानेर’ बोलको गीतमा म्युजिक क्रियशन शम्भु राई तथा रिक्रियशन प्रकाश सपुत उल्लेख गरिएको छ ।


करिब एक करोडभन्दा बढी दर्शकले हेरिसकेपछि गायक शम्भु राईले आफ्नो गीत ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतसँग लय मिल्न गएको दाबी गरेका थिए । विवादले उग्ररुप लिएपछि जातिय विभाजन समेत भएको थियो ।


गायक राई र प्रकाशबीच बुधबार ४ बुँदे सहमति भएको थियो । सहमतिमा शम्भु राईको म्युजिक क्रियशन राख्ने र भिडियोबाट आउने रकममा भने प्रकाशको मात्रै दाबी रहने उल्लेख थियो । सोही सहमति अनुसार प्रकाशले क्रियशनमा शम्भुको नाम राखेका हुन् ।