विश्वकप क्रिकेट : डिफेण्डिङ च्याम्पियन भारतको सामना गर्दै वेस्ट इण्डिज

दियो पोस्ट  

काठमाडौँ, असार १२ । इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा विहिबार वेस्ट इण्डिजले भारतको सामना गर्दै छ । वल्ड ट्राफोर्ड क्रिकेट मैदानमा नेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजेदेखि हुने छ । ्

जारी विश्वकपमा पाँच खेल खेलको भारतले एक खेल रद्ध हुँदै ४ खेलमा जित हाँसिल गरेको छ । दक्षिण अफ्रिकालाई ६ विकेट गरेको भारतले दोस्रा खेलमा पाँच पटकको विश्वविजेता अस्ट्रेलियालाई ३६ रनले स्तब्ध बनायो । त्यस्तै पाकिस्तानलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दा अफगानिस्तान ११ रनले पराजित भयो । भारत र न्युजिल्याण्डको खेलभने बर्षाको कारण रद्ध भएको थियो ।

वेस्ट इण्डिजले भने जारि विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । पाँच खेलमध्य एक खेल रद्ध हुँदा ४ खेलमात्र खेलेको वेस्ट इण्डिजले तीन खेलमा पराजय भोगेको छ । पाकिस्तानसंगको शुरुवाती खेलमा वेस्ट इण्डिजले ७ विकेटको जित निकाल्दै सकारात्मक सुरुवात गरेको थियो । तर लय गुमाउँदै गएपछि बाँकी तीन खेलमा भने नमिठो पराजय व्यहोरेको छ । वस्ट इण्डिज अस्ट्रेलियासंग १५ रनले मात्र पराजित भएको थियो । तेस्रो खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी हुँदा बंगलादेश विरुद्धको चौथो खेलमा ७ विकेटले पराजित भयो । त्यस्तै न्युजिल्याण्डसंगको खेलमा समेत वेस्ट इण्डिज ५ रनले पराजित भयो ।

जारी विश्वकपको अंकतालिकामा भारत ९ अंकसहित तेस्रो स्थानमा छ भने ३ अंकका साथ वेस्ट इण्डिज आठौँ नम्बरमा छ ।

खेलाडी परिवर्तन


भारतीय टिमले वेस्ट ईन्डिजविरुद्व टिममा खेलाडी परिवर्तन गर्ने सम्भावना निकै कम छ । तर केदार जाधवको स्थानमा ऋषभ पन्त वा रविन्द्र जडेजालाई अवसर दिन सक्नेछ ।

भुवनेश्वर फिट छन् तर मोहमद सामीलाई बाहिर राख्न सजिलो हुने छैन । उनकै उत्कृष्ट प्रर्दशनमा भारतले अफगानिस्तानलाई हराएको थियो । सो खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए । भारतलाई पुर्व कप्तान महेन्द्र सिंह धोनीको ब्याटिङको चिन्ता यथावत रहनेछ ।

यता वेस्ट ईन्डिजले पछिल्लो खेल न्युजिल्याण्डविरुद्व खेलेको थियो । तर जितको नजिक पुगेर उसले नतिजा न्युजिल्याण्डलाई सुम्पिन पुग्यो । कार्लोस ब्रेथवेटको शतकिय ईनिङ्सका बाबजुत टिमले हार टार्न सकेन ।

वेस्ट ईन्डिजलाई चिन्ता ब्याट्सम्यानको छ । आन्द्रे रसेल चोटका कारण विश्वकप गुमाएका छन् । बलिङले समेत लय समाउन नसक्दा वेस्ट ईन्डिज फर्ममा आउन सकेको छैन ।

खेल रणनीति

प्रतितियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका हार्ड हिटर आन्द्रे रसेल घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

उच्च लयमा रहेको भारतीय टोलीबिरुद्धको खेलमा रसेलको अनुस्थिति पनि वेष्ट इण्डिजका लागि महंगो पर्न सक्छ । भारतका बलरले पुनः एकपल्ट म्याच विनिङ क्षमताको प्रदर्शन गर्ने अपेक्षा गरिन्छ ।

पछिल्लो खेलमा सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानबिरुद्धको जितमा मोहम्मद सामीले विश्वकप इतिहासको दशौं र जारी विश्वकपमा पहिलो ह्याट्रिक विकेट लिएका थिए ।

सामी वेष्ट इण्डिजबिरुद्ध पनि सुरुआती सेटमा पर्न सक्छन्, किनभने भुवनेश्वर कुमारले ह्याम्स्ट्रिङको चोटका कारण खेल्न सकेका छैनन् ।

भारतीय मध्यक्रमका ब्याट्सम्यानले संयमित भएर खेल्नुपर्ने देखिन्छ । जसले बलरहरुलाई कम दवाव परोस म्यान्चेस्टरको ओल्ड ट्राफोट मैदानमा हुन लागेको यस खेलमा सुख्खा पीचमा स्पिनरहरु हावी हुने अनुमान गरिएको छ ।

बिहीबार म्यान्चेस्टरमा वर्षाको सम्भावना छैन । जारी विश्वकपमा अहिलेसम्म यस मैदानमा भएका ३ खेल पहिलो ब्याटिङ गर्ने टोलीले जितेको छ ।