काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाई विकास डिभिजन कार्यलय कञ्चनपुरका प्रमुख कुमार श्रीवास्तवलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको कञ्चपुर कार्यलयबाट खटिएको टोलीले श्रीवास्तवलाई कार्यलयबाटै घुससहित रंगेहात पक्राउ गरेको हो ।
उनले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन मागेका थिए । सेवाग्राहीबाट लिइएको दुई लाख उनले कार्यलयकै भान्साघरको चामलको बोरामा लुकाएर राखेका थिए ।
घुस रकमसहित पक्राउ परेका श्रीवास्तवलाई कार्यलय परिसरमै कालोमोसो समेत दलिएको छ ।