
काठमाडौँ, असार १२ । राष्ट्रिय परिक्षा बोर्डले २०७५ सालमा लिइएको एसइइ परिक्षाको नतिजा सार्वजनिक गरको छ ।
कुल ४ लाख ४९ हजार ६ सय ४२ परिक्षार्थी सहभागी मध्य १६ हजार ८ सय ८२ जनाले ए प्लस जिपिए प्राप्त गरेका छन् । ए प्लस ल्याउनेमध्य ९ हजार ५ सय ९८ छात्र र ७ हजार २ सय ८६ छात्रा रहेका छन् । त्यसैगरि ४८ हजार ९ सय ६० विद्यार्थीले ए ग्रेड प्राप्त गरका छन् ।
कुल विद्यार्थीमध्य ६० हजार ७ सय ५ जनाले बी प्लस प्राप्त गर्दा ७४ हजार ४ सय १० जनाले बी ग्रेड ल्याए । त्यस्तै सी प्लस ल्याउने परिक्षार्थीको संख्या ९७ हजार २ सय ९९ जना रहेको छ भने सी ल्याउने विद्यार्थी ९५ हजार २ सय ९ जना छन् ।
त्यस्तै ४३ हजार ८ सय ४० जनाले डी प्लस प्राप्त गर्दा ४ हजार ४ सय २९ विद्यार्थीले डी ग्रेड प्राप्त गरेभने ८ हजार २ सय ७ जनाले इ ग्रेड ल्याए ।