काठमाडौँ, असार १३ । पछिल्लो समय धतीमाताको नामाले सामाजिक संजालहरुमा निकै भाइरल भइरहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको भद्रकालीमा युवतीलाइ गालीगलौज गर्दै कुटपीट गरिएको दृश्य र भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
आफुलाई एक तपस्वी र माता भनेर चिनाउँदै सामाजिक संजाल फेसबुक र यूट्युवमा निकै चर्चित बनेकी महिलालाई प्रहरीले राजधानीको बालाजुबाट पक्राउ गरेको हो । पक्राउ परेतापनी उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
महानगरिय प्रहरी महाशाखाका प्रवक्ता एसएसपी किरण बज्राचार्यका अनुसार उक्त महिलालाई विहीबार महानगरिय प्रहरी परिसर टुेकुमा सार्वजनिक गरिँदै छ ।