
काठमाडौँ, असार १३ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले आवश्यक परेको खण्डमा बर्तमान सरकारलाई ढाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय सरकारले मनोमानी हिसाबले विधेयकहरु पारित गर्न थालेपछि सरकार गिराउने चेतावनी दिएका हुन् ।
शुक्रबार पार्टी निकट स्थानिय कर्मचारीहरुले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै सभापती देउवाले राणा शासन ढालेर राजाशासन समेत गिराउन सक्ने सामथ्र्य राख्ने पार्टीलाई नेकपाको वर्तमान ओली सरकार ढाल्न कुनैपनि समस्या नपर्ने बताए ।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयकहरु ल्याएको भन्दै सभापती देउवाले कुनैपनि हालतमा विधेयक पारित हुन नदिने बताए । सरकारले आफ्नो पार्टीप्रति प्रतिवद्ध प्रहरी, कर्मचारी प्रशासन र अदालत बनाउन खोजेको उनको आरोप छ । देउवाले गुठी विधेयक फिर्ता लिएपनि भोलि षड्यन्त्र गरेर ल्याउन सक्ने भन्दै उनले सचेत रहन आग्रह गरे ।
देउवाले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्न माग समेत गरेका छन् ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी लगायतका ठूला भ्रष्टाचार काण्डबारे छानविन गर्न माग गरे । उनले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभाव नगर्न सरकारलाई सचेत गराए ।