
बीबीसी । भारतमा सोमबार अर्थात आजदेखि सपिङमल, रष्टुरेन्ट र धार्मिक स्थल खुल्न थालेको छ ।
एकदिन अघि मात्रै कोरोना भाइरस संक्रमित हरु एकैदिन ९ हजार ९ सय ७१ जना बढेर २ लाख ५७ हजार नाघेको बेला सरकारले मल, रेष्टुरेन्ट र धार्मिक स्थल खोल्ने निर्णय गरेको हो ।
संक्रमणको मामलामा भारत इटली र स्पेन जस्ता देशहरुमा पाँचौ स्थानमा छ । तर प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार महामारीको कारण पछाडी परेको अर्थ व्यवस्थालाई फेरी सुचारु गर्न उत्सुक छन् ।
यसका लागि उनी चाहान्छन् की लाखौँ व्यक्ति फेरी काममा आउन् ।
यसैकारण ८ जुन अर्थात आजदेदि मल, रेष्टुरेन्ट र धार्मिक स्थल खुलेका छन् । तर यस्ता स्थान खुल्नका लागि केही र्शन तथा नियम पालना गर्नुपर्नेछ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार ८ जुनदेखि यी स्थानहरु खुला गर्न अनुमति दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार यी स्थान खोल्नका लागि ६ फिटको दूरी, अनुहारमा मास्क, सेनिटाइजर र थर्मल गनले स्क्रिनिङ गर्नु अभिवार्य रहेको बताएको छ ।
होटल तथा रेष्टुरेन्टका मालिकले भिजिटर्सहरुको पुरै जानकारी राख्नुपर्नेछ । परिचय पत्र, मोबाइल नम्बर, विदेश यात्रा र बिमारीको रेकर्ड समेत राख्नुपर्नेछ । त्यस्तै होटल रेष्टुरेन्टले २४ देखि ३० डिग्रीको एसी चलाउने अनुमति पाएका छन् । जतिसकिन्छ हावालाई ताजा राख्नुपर्नेछ ।
त्यस्तै यस्ता स्थानमा कोभिड १९ सम्बन्धी लक्षण नभएका व्यक्तिलाई मात्रै प्रवेश गराउनुपर्नेछ । सार्वजनिक स्थलमा कसैले थुक्न समेत पाउनेछैनन् ।
त्यस्तै धार्मिक स्थलमा भने ६५ वर्षभन्दा माथिका व्यक्ति र १० वर्षभन्दा कम उमेर समुहका बालक तथा गर्भवति महिला र विरामीलाई नजान सल्लाह मन्त्रालयले दिएको छ । यहाँ आउनेहरुले पनि सेनिटाइजर र सावुन पानीले हात धुनु अनिवार्य गरेको छ ।