लद्दाखमा चीनसँग लडाइँ चर्किएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंह रुसको शरणमा !

दियोपोस्ट संवाददाता

बीबीसी । भारतका रक्षा मन्त्री राजनाथ सिंह तीन दिवसीय रुस यात्रामा छन् । यसक्रममा उनले रुसका उच्च शैनिक अधिकारीसँग वार्ता गरिहेका छन् । र दोस्रो विश्व युद्धमा नाजी जर्मनीमाथि विजयी हासिल गर्ने सोवियत विजयको ७५ औँ वर्षगाँठको उपलक्षमा आयोजित भव्य शैनिक परेडमा समेत उनी सामेल हुनेछन् ।

कोभिड– १९ महामारीका कारण ४ महिनासम्म लागेको प्रतिबन्ध पश्चात यो नै बरिष्ठ मन्त्रीको पहिलो विदेश यात्रा हो । रक्षा मन्त्री राजनाथ सिंहको यो यात्रा यस्तो समयमा भइरहेको छ जतिबेला लद्दाखमा चीनसँग भारतको गतिरोध बढिरहेको छ ।


सोमबार रुसको मस्को यात्रामा निष्कनुअघि राजनाथ सिंहले ट्वीट गरेका थिए,–‘तीन दिवसीय यात्राका लागि मस्को जाँदैछु । यो यात्राले भारत–रुस रक्षा र सामारिक साझेदारीलाई मजबुद गर्नका लागि वार्ता र अवसर हुनेछ ।’


भारतका रक्षा मन्त्रालयका बरिष्ठ अधिकारीको भनाई छ,–‘चीनसँग सिमामा तनाव भइरहेको समयका बाबजुत रक्षामन्त्रीले रुसको यात्रा स्थगित गरेनन् । किनकी रुससँग भारतको दशकौँ अघिदेखि सैनिक सम्बन्ध छ । र रक्षामन्त्रीले रुसका उच्च अधिकारीसँग दुवै देशका बीच सैन्य सहयोग बढाउनका लागि कयौँ बैठक गर्नेछन् । भारतीय सञ्चार माध्यमले रक्षा मन्त्रीको यो यात्रालाई भारतको सैनिक क्षमता बढाउने एक कोशिसको रुपमा प्रस्तुत गरिरहेका छन् । कयौँ अखबारले लेखेका छन्,‘लद्दाखको एलसीमा चीनसँग भइरहेको घम्साघम्सीबीच भारतका रक्षामन्त्री आफ्नो हतियारलाई शक्तिशाली बनाउन र हतियारको मारक क्षमता बढाउनका लागि रुस गएका छन् । ताकी चीनलाई त्यहाँबाट लखेट्न सकियोस् ।’


तर केही विश्लेषकको दाबी छ,‘भारत सरकार निकै पछि मात्रै जागेको छ । र कोभिड १९ को महामारीको कारण रुसबाट भारतलाई आउने हतियार व्यवस्थापनका लागि अतिरिक्त समय लाग्नेछ । जतिसक्दो चाँडो हतियार डेलिभरी गर्नका लागि रक्षामन्त्री रुसको चाकडी गर्न पुगेका हुन् ।


रुसको मसकोमा रहेका बरिष्ठ पत्रकार विनय शुक्लले बीबीसीसँग भनेका छन्,–‘भारतले लामो समयदेखि कयौँ रक्षा सम्झौता बेवास्ता गर्दै आएको छ । पैसाको अभाव देखाएर यो टारिदै आएको छ । जस्तै मल्टी युटिलिटि हेलिकोप्टरको मामलामा पनि भएको थियो । रुसले ६० हेलिकोप्टर तयार पार्नुस् हामी १४० हेलिकोप्टर दिन्छु भनेको थियो । तर, भारतका उच्च पदस्थ कर्मचारी सौदेबाजीमा लागे । ४० तयार हेलिकोप्टर लिने कुरा भयो । मुल्यको विषयलाई लिएर चर्चा मात्रै भइरहयो । सन् २०१४ देखि निर्णय हुन सकेको छैन ।’


विनय शुक्लका अनुसार,‘यदि भारतसँग यस्ता हेलिकोप्टर भएको भए मेडिकल सहयोग नपाएर मरिरहेका सैनिकहरु बाँच्न सक्थे । हेलिकोप्टर सम्झौता मात्रै होइन रुससँगै राइफल बनाउने करार पनि भएको हो । रुसले फटाफट जोइन्ट भेन्चरको काम गर्यो । अमेठी नजिकै उद्योग पनि बनायो । त्यो पनि कर्मचारी तन्त्रमा फस्यो ।

सम्बन्धित खबर

सिफारिस