सिद्धलेक गाउँपालिका अध्यक्ष सिलवाल विरुद्ध स्थानियबासी आन्दोलित : कार्यालय घेराबन्दी !

दियो पोस्ट  

धादिङ, १३ असार । धादिङको सिद्धलेक गाउँपालिका अध्यक्षसहित उच्च अधिकारीले शक्तिको दुरुपयोग गरेको भन्दै स्थानियबासीले बुङचुङस्थित पालिका कार्यालय घेराबन्दी गरेका छन् । उनीहरुले कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल विरुद्ध नाराबाजी गरेका छन् ।
गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले कुम्पुर स्वास्थ्य चौकीका प्रमुख महमद रकिम अन्सारीलाई सरुवा गरी उनको स्थानमा अध्यक्षकै ‘सिलवाल’ थरका व्यक्तिलाई ल्याउन लागिएको थियो । ३२ वर्षदेखि कुम्पुर स्वास्थ्य चौकीमा कार्यरत अन्सारीले कर्मचारी समायोजनमा समेत सोही ठाउँमा पदस्थापना भएका थिए ।

तर, गाउँपालिका अध्यक्ष सिलवालले आफ्ना आफन्त भर्ति गर्नका लागि उनलाई हटाएको भन्दै स्थानियबासी आन्दोलित भएका हुन् ।


अन्सारीलाई सोही ठाउँमा राख्नुपर्ने माग गर्दै स्थानियबासी स्वतस्फूर्त रुपमा आन्दोलनमा आएका हुन् । आन्दोलनमा आएका उनीहरुले चर्को नाराबाजी गरेका थिए ।

स्थानियबासीको नाराबाजीपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ । यता स्थानियबासीको आन्दोलनपछि गाउँपालिका उच्च अधिकारी पालिका कार्यलय भित्रै लुकेका छन् ।

भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस्

सिद्धलेक गाउँपालिका ‘फलोअप’ : अध्यक्ष सिलवाल र पौडेलको मिलेमतोमा ३ करोडको ठेक्का गोलमाल !

सिद्धलेक गाउँपालिका बन्यो अध्यक्षको आफन्त ‘भर्तिकेन्द्र’ : सम्धी पिए र ज्वाइँलाई जागिर !

सिद्धलेक गाउँपालिका अध्यक्षको ‘कतुर्त लुकाउन मिडियामा लगानी’ : को हुन् पैसा लिने पत्रकार !