औद्योगिक क्षेत्र व्यवस्थापन कर्मचारी संघको अध्यक्षमा हिमालय भण्डारी

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ असार । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कर्मचारी संघले नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको अध्यक्षमा हिमालय भण्डारी चयन भएका छन् । संघको निवर्तमान अध्यक्ष प्रमोदा राईको अनिवार्य अवकाश भएपछि संघले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा अशोक सिंह, दीपकराज आचार्य र रमेश राज नेपाल चयन भएका छन् । महासचिवमा भने दलब बहादुर विक चयन भएका छन् ।
संघले २७ सदस्यीय कार्यसमिति र ३ सदस्यीय सल्लाहाकार समति चयन गरेको छ ।
नयाँ समितिको विषयमा महाप्रबन्धकलालाई जानकारी गराइएको संघका एक सदस्यले दियोपोष्टलाई बताए ।