बजेटले मदिराको मूल्य ह्वातै बढायो, कुन रक्सीको मूल्य कति ?

दियो पोस्ट  

काठमाडौं, २० जेठ । सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ ।

हालैमात्र अध्यादेश मार्फत आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याएको सरकारले वाइन, बियर, ह्विस्की, भोड्का तथा चुरोट, विडीको अन्तःशुल्कमा अधिकतम वृद्धि गरेको हो ।

बजेटपछि प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले बियरमा लाग्दै आएको अन्तःशुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्‍याइएको छ ।

भने, १६५ रुपैयाँ प्रतिलिटर अन्तःशुल्क रहेको वाइनको १ सय ९८ रुपैयाँ पुर्‍याइएको छ । यस्तै, १५ युपीको मदिराको अन्तःशुल्क १५ सय ९२ रुपैयाँ पुर्‍याइएको छ ।

२५ युपीको मदिरा लिटरमा ९ सय ९० रुपैयाँ अन्तःशुल्क लिँदै आएकोमा बजेटपछि अधिकतम १ हजार १ सय १८ रुपैयाँ पुर्‍याइएको छ ।

३० युपीको मदिरा ९२० रुपैयाँ अन्तःशुल्क लिइएकोमा हाल १ हजार १ सय ५ रुपैयाँ पुर्‍याइएको छ ।

अन्य मदिराहरुमा १ हजार ३ सय २५ रुपैयाँ प्रतिलिटर अन्तःशुल्क रहेकोमा हाल १ हजार ५ सय ९२ रुपैयाँ पुर्‍याइएको छ । ।

कुन मदिराको मूल्य कति पुग्यो र ?

बजेटपटि बढेको अन्तःशुल्कका कारण अब वियरको मूल्य सरदर प्रति बोतल ५० रुपैयाँले बढ्ने भएको छ । २०० देखि २५० रुपैयाँ प्रतिबोटल मूल्य रहेको वियरको मूल्य ३०० रुपैयाँ, ३००–३८० रुपैयाँ प्रतिबोटल रहेको वियरको मूल्य ४५० रुपैयाँ हारहारी पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै, वल्र्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सन लगायका हार्ड ड्रिङस्हरुको मूल्य प्रतिलिटरमा ४ सय रुपैयाँले बढ्ने छ । जस अनुसार हाल प्रतिलिटर ३ हजार ७७० रुपैयाँ प्रतिलिटर रहेको वल्र्ड दरबारको अन्तःशुल्क वृद्धिपछिको मूल्य ४ हजार माथि पुग्नेछ ।

यस्तै, रुस्लान भोड्का तथा ८८४८ ब्राण्डको वाइन प्रतिलिटरमा ३ सय रुपैयाँले बढ्ने अनुमान गरिएकोमा यसको मूल्य क्रमशः २ हजार ४ सय र २ हजार हाराहारी पुग्ने अनुमान गरिएको छ ।