काठमाडौं । सर्वसाधरणलाई चर्को मिटरब्याजको लगाएर ठगी धन्दामा समलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले पश्चिम नवलपरासी प्रतापपुर गाविस ९ बेलाारी घर भएका ५६ वर्षिय सुनिल बानियाँ भन्ने सुनिल कुमार गुप्ता, सोही सथानमा ६५ वर्षिय जगदिश भन्ने जगदिश कानुलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको हो । बानियाँद्वयबाट पीडित बनेकाहरु राजधानीको माइतीघरमा विगत केहीदेखि देखि धर्नामा छन् ।
स्थानिय राम सुरत गुप्ताको नेतृत्वमा आएका उनीहरुले मिटर ब्याजीलाई पक्राउ गर्न माग गर्दै आएका थिए ।