आइतबार ८० अंकले उकालो लाग्यो नेप्से

दियो पोस्ट  

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । पौने २ बजेसम्म नेप्से परिसूचक ८० अंकभन्दा धेरैले उकालो लागेको हो । कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से अझै बढ्ने संकेत देखाएको छ ।

यतिबेलासम्म नेप्सेमा १ अर्ब २८ करोड रुपैयाँ बराबरको ३५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ८० अंकभन्दा बढीको सुधारसँगै अहिलेसम्मको स्थितिमा नेप्से परिसूचक १ हजार ९४३ अंकको बिन्दुमा पुगेको छ ।

अहिलेसम्मको स्थितिमा नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । जसमध्ये, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह र जीवन बीमा समूह ३०० अंक हाराहारीले बढेका छन् ।

सम्बन्धित खबर