काठमाडौं । साताको पहिलो दिन आइतबार सेयरमा ९५ अंकले बढेको छ । नेप्से ९४.९ अंक (५.१ प्रतिशत)ले बढेर १९५६ अंकमा कायम भएको छ । कारोबार रकम पनि २ अर्ब १९ करोड पुग्यो ।
सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बीमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढे ।
झण्डै ३ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी, युनिभर्सल पावर, सप्तकोसी विकास बैंक, स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ, सीवाईसी लघुवित्त, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरीको मूल्य १० प्रतिशत बढ्यो ।