काठमाडौँ । सुमधुर स्वरकी धनी गायीका शितल पाण्डेको पछिल्लो गीत ‘मुटुको माया’ सार्वजिक भएको छ । शनिबार राजधानिमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत तथा भिडियोको बरिष्ठ संगीतकार शंभुजित बास्कोटाले लोकार्पण गरेका हुन् । उक्त गीतमा गायक यम बरालले साथ दिएका छन् ।
बरिष्ठ संगितकार दिपक शर्माको संगित रहेको यस गीतको रचना प्राध्यापक डाक्टर के.आर. दाहालले गरेका हुन् । पछिल्लो समय युरोप अमेरिका लगायत अन्य बिकशित मुलुकलाई आफ्नो गन्तब्य स्थान बनाउने नेपालीको संख्या बाक्लै छ । तर, त्यहाँ पुगेका अधिकांश नेपालीहरु स्वदेश नर्फकिने र पी.आर. प्राप्त गरि उतै हराउने प्रचलन बढ्दो छ । तिनै नेपालीहरु ‘जो नेपाल फर्किन चाहान्नन्’, उनीहरुलाई लक्षित गरि यो गीत लेखिएको रचनाकार दाहालले बताए ।
उनले भने,-‘खाडी मुलुकतिर काम गर्न गएका नेपालीहरु काम गरेर, केही सिकेर, पैसा कमाएर नेपाल फर्कादा रहेछन् । तर, युरोप-अमेरिका- अस्ट्रेलिया गएका नेपालीहरु उतै बस्ने मनशाय राख्दा रहेछन् । पश्चिमा मुलुकमा काम गर्न गएका श्रीमानहरुका घरमा रहेका श्रीमतीहरुले सम्झिने, छोरा छोरीले सम्झिने र स्वदेश फर्केर केही गर्नु पर्छ भन्ने भावना ब्यक्त गरिएको प्रसंगलाई गीतमा समेटेको छु ।’
गीतमा भनिएको छ, “मुटुको माया रमाउँछ कहाँ तिमी नै नभए, पवित्र माया फुल्दछ कहाँ समिपै नरहे”…
आफ्नो देश र घर परिवारको मायालाई भुलेर क्षणिक रुपमा बिदेशमा रमाउने र पछि आफ्ना परिवारलाई पनि उतै लैजाने बढ्दो प्रबृत्तिलाई गीतमा उजागर गरिएको छ । गीतका शब्दले आफुलाई छोएको भन्दै यो गीत गाउन प्रेरित भएको गायीका पाण्डेको भनाई छ । गीतले समाजको चीत्र उतार्न सक्नु पर्ने र यस गीतले पनि समाजको यथार्थ चित्र उतारेको उनी बताउँछिन् । गायीका पाण्डे पोशाले अधिबक्ता हुन् ।
गीतमा नरेन्द्र बियोगीले म्युजिक एरेन्जर गरेका हछन् भने मोहन पराजुलीले गीतको भिडयो सम्पादन गरेका छन ।