बुधबार सेयर बजारमा हरियाली, ४१.३९ अंकले बढ्यो नेप्से

diyopost.com
दियो पोस्ट  बुधबार, आषाढ १५, २०७९ | १५:३८:०५

काठमाडौं । लगातार दुईदिन ओरालो लागेपछि साताको चौथो दिन बुधबार सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार २.१५ अंकले बढेको छ ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ बिन्दुमा उक्लिएको छ । ठूला तथा र बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.५५ अंकले बढेर ३७९.१५ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२८ कम्पनीको ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख ६४१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन व्यापार समूहको सेयरमूल्यमा ६।५६ प्रतिशतको उछाल आएको छ । त्यस्तै विकास बैंक, फाइनान्स, हाइड्रोपावर, अन्य समूह लगायत सेक्टरको सेयरमूल्यमा पनि उल्लेख्य वृद्धि देखिन्छ ।

कारोबार आएका कम्पनीहरुमध्ये १८१ कम्पनीको सेयरमूल्य बढेको छ, भने ९ कम्पनीको सेयरमूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सम्बन्धित खबर