बागमतीमा मुख्यमन्त्री फेर्ने कसरत सुरु

दियो पोस्ट  

काठमाडौं । बजेट पास भए लगतै बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि गठबन्धनका सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।

गठबन्धनबाट आलोपालो मुख्यमन्त्री बन्ने सर्तमा सरकारको नेतृत्वमा पुगेका नेकपा एसका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
जसअनुसार कांग्रेस माओवादीका सांसदहरुले मुख्यमन्त्री परिवर्तनको तयारीस्वरुप हस्ताक्षर संकलन सुरु भएको एक नेताले बताए ।

मुख्यमन्त्री पाण्डेले पहिलेको सहमति कार्यान्वयन नगरेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्र बहादुर बाँनियालाई मुख्यमन्त्री बनाउने कसरतमा सांसदहरु लागेका हुन् ।

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।