
काठमाडौं । साताको पाँचौ दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजारमा ३.८२ प्रतिशतले बढेको छ । १३ वटै सूचकमा हरियाली छाएको छ ।
बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा उक्लिएको छ । त्यस्तै, ठूला र बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२।६३ अंकले बढेर ३९१।७८ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटा उपसमूहहरु मध्ये आज व्यापार समूहको सेयर मूल्य सर्वाधिक बढेको छ । यस उपसमूह ७.३१ प्रतिशतले बढेको छ ।
लगानी समूहको ३.३९ प्रतिशत बढ्दा जीवन बीमा समूहको ३.०६ प्रतिशत, म्युचुअल फण्ड ३.३९ प्रतिशत र बैंकिङ समूह २.२ प्रतिशतले बढेको छ ।
आज जम्मा २ कम्पनीको १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।