काठमाडौं प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।
नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम भट्टराईले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
उनको प्रस्तावकमा शान्ता चौधरी तथा समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सत्तारुढ दलतर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेकी छन् ।