युवराज खत्री
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीबाट आम माफी पाएर कैद छुट पाएका एक व्यक्ति फेरी पक्राउ परेका छन् । गत स्थानीय तह निर्वाचनको केही दिन अगाडि पूर्वीचितवनको खैरहनीमा भएको एक सांघातिक आक्रमणको घटनामा सोचेन्द्र राई पक्राउ परेका हुन् ।
कुमार थापालाई आक्रमण गरेको अभियोगमा खैरहनी निवासी ३२ वर्षीय ‘र्याक्स’ भनिने सोचेन्द्र राई पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष टोलीले हिजो साँझ ५ बजे काठमाडौंस्थित बालाजुबाट पक्राउ गरेको हो ।
नेपाल तरुण दलका चितवन अध्यक्ष शिव पौडेललाई जेल भित्रै हत्या गरेर जेल चलान भएका राईलाई राष्ट्रपति विद्यादेवि भण्डारीले आम माफी दिएपछि छुटेका थिए ।