छुट्टाछुट्टौ ठाँउमा लावारिस अवस्थामा ५ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा लावारिस अवस्थामा ५ जनाको शव फेला परेका छन् । भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ गणेश मन्दिर नजिक जंगलमा शनिबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन, नखुलेका पुरुष शव रहेको छ ।

यसैगरी बैतडीको पाटन नगरपालिका–२ थलकुडामा महादेउ भिरबाट करिब २ सय मिटर तल शनिबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४० वर्षीया लक्ष्मी ऐर रहेकी छिन् ।

साथै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ सानो मुसुरेमा आफ्नै घरमा मृत अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३५ वर्षीया कमला बन्जारा रहेकी छिन् ।

यसैगरी कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाँई दोदा नदीको किनारामा शनिबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४५ वर्षीय करन सिंह साउँद रहेका छन् ।

साथै मुगुको छाँयानाथ रारा नगरपालिका–३ तलितुमस्थित सडकमा लावारिस अवस्थामा आइतबार एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ देउवाडा गाँउ बस्ने २२ वर्षीय बिश्वनाथ रोकाय रहेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।