संसदीय समितिहरूको नेतृत्व चाँडै चयन गर्न दलहरू सहमत

दियो पोस्ट  

काठमाडौं । सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका साथै कानूनमन्त्री धनराज गुरुङ सहभागी थिए ।

बैठकपछि कानूनमन्त्री गुरुङले भने, ‘संसदीय समितिको नेतृत्व चाँडोभन्दा चाडो चयन गर्ने सहमति भयो, प्रमुख सचेतकहरूलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ ।’

उनले राजनीतिक रूपमा केही विकृति देखिएको र तिनीहरूको समाधान गर्दै लैजाने तथा अहिलेको शासन व्यवस्थालाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको जानकारी दिए ।