आफ्नो अभिव्यक्ति विवादबारे प्रधानमन्त्रीको खण्डनः बबन्डर गर्न खोजिएको छ

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पछिल्लो एक अभिव्यक्तिप्रति उठेको सार्वजनिक सवालको खण्डन गरेका छन्।

सरदार प्रितम सिंहबारे लेखिएको‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नामक पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली जाने गरेको आशयको अभिव्यक्ति दिएका थिए।

सो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले कडा प्रतिवाद गर्ने उद्घोष गरिसकेको छ। उक्त विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले बुधबार एक कायक्रममार्फत् खण्डन गरेका हुन्।

अखिल क्रान्तीकारीले आयोजना गरेको स्ववियू काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त दाबी गरेका हुन्।

‘मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन राजनीतिमा पनि उहाँले चासो राख्नु हुन्छ। उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नु हुन्छ कहिले कहाँ पुग्नु हुन्छ। कहिले दिल्ली कहिले नेपालका पार्टीहरुसँग लाग्नु हुन्थ्यो उहाँ भनेर उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एकचोटि बबन्डर गर्न खोजिएको छ,’ प्रचण्डले भनेका छन्।

उनले यो पनि यसअघि आफूमाथि गर्दै आएका हमलाहरु जस्तै रहेकोले अन्त्य हुने पनि बताएका छन्।

सिफारिस