एमालेद्वारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग, राष्ट्रिय सभा बैठक अवरूद्ध

'भारतको इशारामा बनेको प्रधानमन्त्री स्वीकार्य छैन'

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरूद्ध गरेको छ।

प्रधानमन्त्री प्रचण्डले सोमबार पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिपछि उनलाई प्रधानमन्त्रीको पदमा बस्ने हक नभएको भन्दै एमालेले राजीनामा मागेको हो।

एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीको भनाइमा उनी भारतको इशारामा नेपालको प्रधानमन्त्री नियुक्त भएको र यसलाई एमालेले कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने बताए।

‘भारतीय नागरिकले यहाँका देशका नेताहरूसँग र दिल्लीमा पनि समन्वय गर्छ र प्रधानमन्त्री बनाउँछ भन्ने बुझिएको छ। यो हाम्रो देशको शीर निहुँराउने विषय भएको छ,’ उनले भने, ‘भारतको इशारामा प्रधानमन्त्री बन्छ भने त्यो प्रधानमन्त्री हामीलाई ग्राह्य छैन। त्यो प्रधानमन्त्री स्वीकार्य छैन। त्यसकारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।’

उनले नेपालमा संसदीय विधि, प्रक्रियाबाट संसदले प्रधानमन्त्री नियुक्त हुने व्यवस्था रहेको पनि बताए।

सिफारिस