एअआईसी एसिया बैंकबाटै ग्राहकको करोडौं रकम चोरी, चोरी गर्ने शाखाप्रमुख अस्पताल भर्ना

कारबाहीमा पर्ने भएपछि विष सेवन

दियो पोस्ट  

काठमाडौं । एनआईसी एसिया बैंकबाटै ग्राहकको करोडौँ रुपैयाँ चोरी भएको छ । एनआईसी एसिया बैंकको ललितपुरको खुमलटारस्थित शाखाप्रमुख अभिनाष कर्णले नै बचकर्ताहरूले जम्मा गरेको रकम चोरी गरेका छन् ।

उक्त बैंकको खुमलटार शाखाबाट पैसा हराएको गत पुस–माघदेखि थाहा भएको थियो । यसबारेमा तत्कालीन शाखाप्रमुख कर्णसँग बचतकर्ताहरूले कुरा गर्दा तपाईँहरूको पैसा हराउँदैन भन्ने आश्वासन दिने गरेका थिए । तर, महिनौँ बित्दा पनि उनले खाताबाट पैसा हराउने बचतकर्तालाई पैसा फिर्ता दिनुको सट्टा विभिन्न ठाउँमा ट्रान्सफर गरेको भेटिएपछि ग्राहकले गुनासो गर्दै पैसा माग्न थाले । बैंक व्यवस्थापनले कर्णलाई सो शाखाबाट हटाएर त्यहाँ अनुसन्धानका लागि सञ्जीवा श्रेष्ठलाई पठायो । कर्ण शाखाप्रमुख हुँदा प्रयोग गर्नेगरेको मोबाइल नम्बर श्रेष्ठलाई दिइएको छ ।

कर्ण खुमलटार शााखामा २०७७ सालदेखि प्रमुखका रूपमा कार्यरत थिए । स्रोतका अनुसार कर्णले बचतकर्ताको पाँच/सात लाखदेखि ४०/५० लाख रुपैयाँसम्म चोरी गरेका छन् ।

यता, शाखाप्रमुख कर्णले नै बचतकर्ताको करोडौँ रकम खाताबाट चोरी गरेपछि बैंकले थप कारबाही अगाडि बढाएपछि उनले विष सेवन गरेका छन् । विष सेवन गरेपछि कर्णलाई उपचारका लागि यही असार १७ गते आइतबार बूढानीलकण्ठ नगरपालिका–१३ घट्टचोकमा रहेको करुण अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

अहिले बैंकले उजुरी गर्ने ग्राहकलाई बैंकको इमेल ठेगाना दिएर उनीहरूको हराएको रकमको एकिन विवरण संलकन गर्न थालेको छ ।

सिफारिस